काठमाडौं । दशैंतिहारको यात्रामा रहेका सयौं यात्रुहरूलाई बिच बाटोमै रोकिदिन बाध्य बनाएको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि सञ्चालनमा आएको छ ।
सोमबार बिहान तुइन खोला नजिक खसेको ठूलो पहिरोले राजमार्ग ठप्प बनाएको थियो । बिहानै सानो पहिरो हटाएर केही घण्टाका लागि बाटो सञ्चालन भए पनि दिउँसो पुनः ठूलो मात्रामा ढुंगामाटो खस्दा दुबै तर्फको आवागमन अवरुद्ध भएको थियो ।
जोखिमपूर्ण भूभाग भएकाले लगातार ढुंगामाटो खसिरहेको अवस्थामा तीनवटा ठूला उपकरण परिचालन गरेर मात्र बाटो खुलाउन सकिएको हो । लामो समयसम्म सडक बन्द हुँदा यात्रुहरू अलपत्र पर्नुका साथै सवारीसाधनको लामो लाइन लागेको थियो ।
हाल दुबै तर्फको सडक खुलेसँगै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । तर लामो अवरोधका कारण राजमार्गमा अझै सवारीको चाप अत्यधिक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया