वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम आपूर्ति सहज हुने

दशैंमा पनि आयल निगमका डिपो सञ्चालन

अर्थटुडे
२०८२ आश्विन १४, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले दशैंको सार्वजनिक बिदामा समेत पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आफ्ना डिपोहरू सञ्चालनमा राख्ने भएको छ । निगमका विभिन्न प्रादेशिक कार्यालय र डिपोहरू तोकिएका मितिमा खुला गरिनेछन् ।

निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय र मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज असोज १३ र १७ गते सञ्चालनमा आउने छन् । बागमती प्रादेशिक कार्यालय थानकोट १३, १५ र १८ गते खुल्नेछ । पोखरा र भैरहवा डिपो असोज १३, १४ र १८ गते सञ्चालन हुनेछन् । त्यस्तै, सुर्खेत डिपो १३ र १८ गते तथा धनगढी डिपो १३, १४ र १७ गते खुल्नेछन् । चारआली डिपो १३ र १७ गते, नेपालगन्ज डिपो १३ र १४ गते, वीरगन्ज डिपो १३, १४, १५ र १७ गते तथा दाङस्थित डिपो १३, १४, १५ र १८ गते सञ्चालन हुनेछन् ।

दिपायल डिपो भने आवश्यकता अनुसार खोल्ने तयारी निगमले गरेको छ । सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थ आपूर्ति अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ