काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दशैं–तिहारको चाडबाडलाई नाफा कमाउने अवसरका रूपमा प्रयोग गर्ने व्यवसायीलाई कडा चेतावनी दिएका छन्।
स्वीकृत भाडादरभन्दा बढी रकम असुल्ने, टिकटमा कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने गतिविधि देखिए तत्कालै कानुनी कारबाही हुने उनको भनाइ छ।
मन्त्री घिसिङले यात्रुलाई पनि सक्रिय हुन आह्वान गर्दै भने, “यदि कसैले बढी भाडा असुले वा टिकटमा गैरकानुनी खेल भयो भने तुरुन्तै नजिकको सुरक्षा निकाय वा प्रशासनलाई खबर गर्नुपर्छ।”
उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा हालको कठिन परिस्थितिमा यातायात व्यवसायीले जिम्मेवार भएर सेवा दिनुपर्ने र यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
प्रतिक्रिया