वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रामेछाप–लुक्ला उडान पुन सुचारु, पर्यटनलाई राहत

अर्थटुडे
२०८२ आश्विन १५, बुधबार

काठमाडौं । रामेछाप–लुक्ला उडान पुन सुचारु भएको छ । मनसुन सकिएसँगै रामेछापबाट लुक्ला जाने हवाई उडान फेरि सुरु हुने भएको हो। मौसम अनुकूल भए दैनिक ५० देखि ६५ उडानसम्म हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विभिन्न कम्पनीहरूले सडकमार्ग हुँदै पर्यटकलाई रामेछाप पुर्‍याउने र त्यहाँबाट लुक्ला उडान भर्ने व्यवस्था मिलाएका छन्। सिता, तारा र सम्मिटलगायतका विमान कम्पनीले हाल सेवा दिइरहेका छन्।

हरेक वर्ष १० लाख बढि पर्यटक नेपाल घुम्न आउने गरेका छन् । गत वर्ष १० लाख १४ हजार बढि पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । लुक्ला जाने पर्यटन १ लाखको संख्यामा रहेको पाइएको छ । गत वर्ष १ लाख ३३ हजारको संख्यामा मानिसहरु लुक्ला अवतरण गरेको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ