काठमाडौं । अब मासिक न्युनतम चार हजार दिराम तलव हुनेले मात्र भिजिट भिसामा आफ्ना मान्छेलाई संयुक्त अरब इमिरेट्स (यूएई)मा लौजान पाउने भएका छन् । युएई संघीय प्राधिकरण (आईसीपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाको लागि आय अनिवार्य गरेको हो । भिसाका लागि आवेदन दिँदा अनिवार्य रुपमा नाता सम्बन्धको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ ।
आइपीएसका अनुसार प्रभावशाली मानिसहरु मात्र युएई आउन् भन्ने उदेश्यले सरकारले भिजिट भिसामा कडाइ गरेको हो । अव भिजिट भिसाको लागि आवेदन दिनेले कम्तिमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपनिसँगै पेश गर्नुपर्नेछ ।
युएई आउने पर्यटकसम्बन्धी पारदर्शिता बढाउन, आर्थिक विविधिकरणलाई समर्थन गर्न र प्रतिभाशाली व्यक्तिलाई यूएईमा आकर्षित गर्नकालागि आईसीपीले सो व्यवस्था गरेको जनाएको छ ।
नयाँ व्यवस्था अनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान÷श्रीमती, छोराछोरी रहेका छन् ।
त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । दोस्रो र तेस्रो तहका लागि ८ हजार मासिक दिराम भएको प्रमाण पेश गर्नुपर्नेछ भने चौथो तहमा साथि पर्नेछन् । मासिक १५ हजार दिराम तलव हुनेले मात्र साथि लैजान पाउनेछन् ।
प्रतिक्रिया