वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फूलमा आत्मनिर्भर नेपाल, तिहारका माला स्वदेशमै पर्याप्त

अर्थटुडे
२०८२ आश्विन २९, बुधबार

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा फुलहरु देखिन थालेका छन् । किसानहरु फूल व्यवसुायका लागि बजार धाउन थालेका छन् । लामो समयदेखि भारतीय फुलले ओगटेको तिहार विस्तारै नेपाली सयपत्री र मखमली फुलले रंगिने भएको छ । नेपाल सयपत्री फूल उत्पादनमा आत्मनिर्भर बनेको छ।

नेपाल फ्लोरिकल्चर एशोसिएसन ९फ्यान० का अनुसार यसपालि करिब ४५ लाख माला खपत हुने अनुमान छ, जसको ९० प्रतिशत माग स्वदेशी उत्पादनले नै धान्ने छ। फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार, यस वर्ष नेपालमै ४० लाख सयपत्री, ५ लाख ५० हजार मखमली, ५० हजार गोदावरी र २० हजार मिश्रित माला उत्पादन हुनेछन्। उनले भने, “नेपाल अब फूलका माला उत्पादनमा आत्मनिर्भर बनेको छ, केही मिक्स मालाका लागि मात्रै गुलाफ आयात गर्नुपर्छ।”

पुष्प व्यवसाय अहिले देशका ५२ जिल्लामा फैलिँदै ५० हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएको छ। फूलखेती विस्तार र ‘पुष्प विकास प्रवर्द्धन नीति’ कार्यान्वयनले यस क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न मद्दत गरेको फ्यानको भनाइ छ।

निर्यात र आयात स्थिति

आर्थिक वर्ष २०८०/८१ मा नेपालले करिब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको फूल कारोबार गरेको थियो।
यस अवधिमा १०९ प्रतिशतले निर्यात वृद्धि भई २ करोड १३ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु बाहिर पठाइएको थियो।

नेपालबाट जापान, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएई, माल्टा लगायत देशमा फूल र पुष्पजन्य वस्तु (जस्तै बल्ब, ट्युबर रुट्स, ड्राइ फ्लावर, फ्रेस फ्लावर) निर्यात हुने गरेको छ।

आयाततर्फ भने गिरावट देखिएको छ — २०८१/८२ मा फूल आयात ५४ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको फ्यानको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ