वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री कार्कीले भनिन् “सहकारी ठगलाई छाड्ने छैनौं”

अर्थटुडे
२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीका विरुद्ध कडा कारबाही गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी नियमन प्राधिकरण र पीडित संघका प्रतिनिधिहरूलाई एकै ठाउँमा राखेर उनले समस्या समाधानमा अहिलेकै सरकारले सँगै अघि बढ्नुपर्ने औँल्याइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन। उनीहरू महँगो घडी लगाउने, गाडी चढ्ने र नक्कली कागजात बनाउने गरि चलिरहेका छन् — यस्तो असमानता स्वीकार्य छैन।” उनले कानुनमा कमीकमजोरी देखिए त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताइन्।

उनले थपिन् कि सहकारी ठगीमा परेका नागरिकहरूको बचत फिर्ता गराउने उद्देश्यका लागि आवश्यक पर्ने सबै विकल्प अपनाइनेछ — आवश्यक परे घरजग्गा लिलाम गर्ने र विदेशमा रहेका सम्बन्धित पक्षहरूसँग सम्पर्क गरेर रकम फिर्ता ल्याउने प्रक्रियासमेत अघि बढाइनेछ।

“हामीले नगरे कसले गर्नेरु पीडित सडकमा रोएर हिँड्ने, तर ठगहरू सहजै हिड्ने अवस्था हुन दिनु हुँदैन — यो सभ्य समाजको परिचय होइन” प्रधानमन्त्री कार्कीले भनिन् ।

सरकारको यो कठोर दृष्टिकोणले सहकारी नियमन र पीडित उद्धार प्रक्रियामा तीव्रता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ