वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनतेरस २०८२

कुन राशिले के किन्दा धन वर्षा हुन्छ? जान्नुहोस् तपाईंको भाग्य पल्टाउने रहस्य

अर्थटुडे
२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौं । कार्तिक १ गते धनतेरस (धनत्रयोदशी) का दिन तिहारको शुभ सुरुवातको रूपमा भगवान धन्वन्तरी र माता लक्ष्मीको आराधना गर्ने परम्परा रहिआएको छ। यस दिन नयाँ सामान किन्ने परम्परासँगै, राशि अनुसार विशेष वस्तु किन्दा धनवृद्धि, लक्ष्मी कृपा र सफलता प्राप्त हुने विश्वास गरिन्छ।

ज्योतिषविद्हरूका अनुसार आफ्नो राशि अनुसार सही वस्तु किन्नेले आर्थिक वृद्धि मात्र होइन, ग्रह–नक्षत्रको सकारात्मक ऊर्जा पनि प्राप्त गर्छ। यो धनतेरसमा कुन राशिका जातकले के किन्नु शुभ मानिन्छः
मेष

मेष राशि हुनेले किन्ने वस्तुस् चाँदी, मूंगा वा माणिक रत्न, रातो लुगा किन्नु फलदाइ मानिन्छ । फल स्वरुप लक्ष्मी कृपा र धन प्राप्त हुनेछ ।

वृष

वृष राशि हुनेले हीरा, चाँदी, सेतो कपडा किन्नु फलदाइ मानिन्छ । फल स्वरुप सुख, प्रेम र समृद्धि प्राप्त हुनेछ ।

मिथुन

मिथुन राशि हुनेले सुन, पीतल, स्टीलका भाँडा किन्नु फलदाइ मानिन्छ । फल स्वरुप व्यापारिक उन्नति र बुध कृपा प्राप्त हुनेछ ।

कर्कट
कर्कट राशि हुनेले चाँदीका सिक्का, सेतो लुगा, घरका वस्तु किन्नु फलदाइ मानिन्छ । फल स्वरुप पारिवारिक सुख र चन्द्र शान्ति प्राप्त हुनेछ ।

सिंह
सिंह राशि हुनेले सुन, गाडी, माणिक किन्नु फलदाइ मानिन्छ । फल स्वरुप मान–सम्मान र नेतृत्व वृद्धि मिल्ने छ ।

कन्या
कन्या राशि हुनेले पन्ना, रत्न, तामा, जग्गा किन्नु फलदाइ मानिन्छ । फल स्वरुप बुध प्रसन्न र स्थायित्व प्राप्त हुनेछ।

तुला

तुला राशि हुनेले झाडू, सेतो कपडा, चाँदीका टिकाउ वस्तु किन्नु फलदाइ मानिन्छ । फल स्वरुप शुक्र प्रसन्न, घरमा सफाइ र समृद्धि प्राप्त हुनेछ ।

वृश्चिक

वृश्चिक राशि हुनेले इलेक्ट्रोनिक सामान, सुन, मसला किन्नु फलदाइ मानिन्छ । फल स्वरुप मंगल उर्जा र धन प्राप्त हुनेछ ।

धनु

धनु राशि हुनेले सुनका सिक्का, तामा, गणेश–लक्ष्मी प्रतिमा, अगरबत्ती किन्नु फलदाइ मानिन्छ । फल स्वरुप बृहस्पति कृपा र धार्मिक धन वृद्धि हुनेछ ।

मकर
मकर राशि हुनेले वाहन, चाँदी, पहेंलो कपडा किन्नु फलदाइ मानिन्छ । फल स्वरुप शनिदेव कृपा र प्रगति हुनेछ ।

कुम्भ
कुम्भ राशि हुनेले सुन, तामा, सौन्दर्यका सामग्री, आकर्षक वस्तु किन्नु फलदाइ मानिन्छ । फलस्वरुप शनिदेव र राहु प्रसन्न हुने र प्रभावशाली जीवन मिल्नेछ ।

मीन
मीन राशि हुनेले सुन वा चाँदीका सिक्का, पहेंलो आभूषण, इलेक्ट्रोनिक उपकरण किन्दा शुभ हुनेछ । यस्तो वस्तु किन्दा बृहस्पति कृपा र धन–सफलता मिल्ने विश्वास छ ।

यी वस्तु धनतेरसमा किन्नु वर्जित:  फलाम, कालो कपडा, तेल, घिउ, नुकीला सामान र प्लास्टिकका वस्तु किन्न निषेध छ। यी वस्तु नकारात्मक ऊर्जा ल्याउने मानिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ