वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसियाकै जेठो बम्बई स्टकमा कान्छो प्रविधि, नेपालले के सिक्ने ?

शर्मिला ठकुरी
२०८१ चैत्र ८, शुक्रबार

छिमेकी देश भारतसँग नेपालले थुप्रै क्षेत्रमा आदानप्रदान गरिरहेको हुन्छ। भारतीय क्षेत्रका कमजोरी नेपाल आउन कत्ति समय लाग्दैन। खुला सीमाना र दुवै देशका नागरिक तहसम्मकै सम्बन्धका कारण सूचना प्रविधिका विकास पनि आदानप्रदान भइरहकै हुन्छ ।  आफ्ना कमीकमजोरी ढाक्न भारतीय क्षेत्रका प्रशस्तै उदाहरण दिने राजनीतिक नेतृत्व र सरकार त्यहाँका राम्रा अभ्यास अनुशरण आवश्यक ठान्दैन।

कतिपय कमीकमजोरी र समस्याको मुख्य कारण खुला सीमानालाई मान्नेहरु खुला सीमाना भएरै आउने अनेकौँ सकारात्मक विषयको विस्तारमा भने व्यवधान खडा गर्न उद्यत हुन्छन्। यसैमध्येको एक उदाहरण हो पुँजीबजार। इतिहास जतिकै लामो फड्को भारतीय पुँजीबजारले मारिसक्दा पनि नेपालको पुँजीबजारलाई बामे सर्नमै बाधा छ।

एसियाकै जेठो बम्बई स्टक एक्सचेन्ज नवीनतम प्रविधि अवलम्बन गर्न सँधै अघि छ। नेपालमा भने पुँजीबजारलाई स्वतन्त्र रुपमा हुर्कनै दिइएको छैन। नेपालमा स्टक एक्सचेन्जदेखि पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)जस्ता नियामकसम्मै चरम राजनीतिकरण हुने गरेको छ।
नयाँ स्टक एक्चेन्ज खोल्नका लागि अनुमति दिने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)का अध्यक्ष आफू अनुकुल बनाउन नपाउँदा सरकार चलाइरहेको नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन नै टुट्न पुगेको थियो।

नेकपा एमालेले भनेअनुसार अध्यक्ष नियुक्त गर्ने वातावरण नबन्दा नेपाली कांग्रेससँग मिलेर सरकार चलाउन गएको विश्लेषण भइरहेको छ। प्रजातान्त्रिक र कम्युनिस्ट धारलाई एकै ठाउँमा बसेर सत्ता समीकरण गर्न बाध्य बनाएको पद हो सेवोन अध्यक्ष। दलहरुले किन यतै धेरै महत्व दिए त यो पदलाई? यसपछिको कारण नयाँ स्टक एक्सचेन्जको खोल्ने तयारी हो। र त्यस्तो लाइसेन्स आफूनिकटको समूहलाई सुम्पने अवसरका रुपमा लिएकाले दलहरु सत्ता बदल्नसम्म तयार बनेका थिए। त्यसर्थ हालका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको अहिलेको मुख्य काम अर्को स्टक एक्सचेन्ज खोल्नका लागि अनुमति दिनु हो।

अहिले अर्को स्टक एक्सचेन्ज कत्तिको आवश्यकता हो? भन्ने विषयमा पर्याप्त छलफल भएको छैन। संसारले अल्गोरिदम टे«डिङ (कम्प्युटरले नै सेयर खरिदबिक्रि गर्ने)को अभ्यास गरिसकेछ। नेपाल स्टक एक्चेन्ज (नेप्से)ले नयाँ प्रोडक्टहरु ल्याएर मार्केटमा बेच्न सकेको छैन।
त्यस्तै लगानीकर्ताहरुको लागि विभिन्न प्लेटफर्महरु दिन सकेको छैन। जसका कारण नेप्से व्यवसाय बढाउन नसकेर खुम्चिएर बसेको छ। अहिलेसम्म नेपालको दोस्रो बजारलाई चलायमान गराउन नसकेको नेप्सेलाई आधुनिकीकरण गरेर लैजानुपर्नेमा उल्टै थप स्टक एक्सचेन्ज ल्याउन खोज्नु र त्यसका लागि राजनीतिक दलले मरिमेट्नुले यसमा स्वार्थको खेल भइरहेको र नेताको नियतमा खोट रहेको कुरा नकार्न सकिँदैन।

नेपालमा स्टक एक्सचेन्ज कतिको आवश्यकता हो ? भनेर हामीले छिमेकी मुलुक भारतसँग तुलना गरेर हेरौँ। जनगणना २०७८ अनुसार नेपालमा जम्मा २ करोड ९१ लाख ६४ हजार मानिसको बसोबास गर्दछन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा ६६ लाख ५० हजार ४२३ जनासँग डिम्याट खाता रहेको छ, भने ३९ लाख ५ हजार ७८९ वटा सक्रिय मेरो सेयर प्रयोगकर्ता छन्। यदी मेरो सेयर प्रयोगकर्ताहरुलाई नै सक्रिय लगानीकर्ता मान्ने हो भने ३९ लाख मानिस सेयर बजारमा प्रवेश गरेका छन् (चैत ६ गतेसम्मको तथ्यांकमा आधारित)। यो नेपालको कुल जनसंख्याको ११ प्रतिशत हो।

विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको देश भारतको जनसंख्या एक अर्ब ४० करोड छ। भारतीय प्रतिभुति तथा विनिमय बोर्ड (सेवी) का अनुसार भारतमा कुल जनसंख्याको ३ प्रतिशत सेयर बजारमा सक्रिय छन्। केन्द्रिय निक्षेप सेवा इन्डिया (सिडिएस, एण्ड क्लियरिङ) का अनुसार आर्थिक वर्ष सन् २०२३र२०२४ सम्ममा भारतमा ११.५६ करोड लगानीकर्ताहरुको डिम्याट खाता थियो, जुन वार्षिक ३३ प्रतिशतका दरले बढीरहेको छ। भारत विश्वकै सबैभन्दा धेरै डिम्याट एकाउन्ट भएको देशभित्र पर्दछ। तर भारतमा जम्मा दुई वटा मात्र स्टक एक्सचेन्ज रहेको छन्, नेशनल स्टक एक्सचेन्ज र बम्बई स्टक एक्सचेन्ज।

१५० वर्ष पुरानो एसियाकै पहिलो बम्बई स्टक एक्चेन्जको काम

एसियाकै सबैभन्दा पुरानो सन् १९७५ मा स्थापना भएको बम्बई स्टक एक्सचेन्ज (बीएसर्ई) लाई आधुनिकीकरण गर्न भारत सरकारले चासो दिँदै आएको छ। बीएसर्ईमा सर्वसाधारण जनताको ७३.४६ प्रतिशत सेयर छ, भने कारोबार गर्ने सदस्यको २६.५४ प्रतिशत सेयर रहेको छ। त्यसैले सो कम्पनीमा स्वतन्त्र संचालक धेरै हुने हुँदा निष्पक्ष र अग्रगामी सोचका साथ काम गर्न सहज भएको व्यवस्थापनको बुझाइ छ।

नेपाली पत्रकारको टोलीसँग कुराकानी गर्दै बीएसर्ईका प्रमुख कार्यकारी अधिकृत सुन्दररमन राममुर्तिले भारतको पुँजीबजारमा मात्र नभएर मुद्राबजारमा पनि बीएसईको ठूलो योगदान गरेको चर्चा गरे।

बीएसर्ईले तीनवटा सेक्टरको कारोबार गर्दछ। ‘पहिलो क्यापिटल मार्केट, दोस्रो मुद्रा बजार र तेस्रो कमोडिटि मार्केट,’ राममुर्तिले भने। सिइओ राममुर्तिका अनुसार बीएसर्ईले दुई वटा नियमनकारी निकायसँग समानान्तर रुपमा काम गरिरहेको छ। क्यापिटल मार्केट र कमोडिटी मार्केटको नियमनकारी निकाय सेवी र मुद्राबजारको नियमनकारी निकाय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)।

‘दुवै नियमनकारी निकाय अग्रगामी सोच भएको हुनाले हामीलाई कहिल्यै समस्या परेन,’ ४० वर्ष बीएसर्ईमा बिताएका सिइओ राममुर्तिले पत्रकारहरुसँग भने, ‘हामीले नीतिगत निर्णय लिँदा निक्कै गम्भीर भएर लामो बहस पछि मात्र लिन्छौँ।’ नियमनकारी निकाय पनि पूर्ण रुपमा स्वतन्त्र संस्था भएकाले उनीहरुले संस्था र लगानीकर्ताको हित चाहेर काम गर्नुपर्ने र त्यो काम आफूहरुले सक्दो प्रयास गरेर सम्पादन गरिहरेको उनले बताए।

बीएसर्ईसँग बजारको नियमन र सुपरीवेक्षण गर्ने अधिकार छ। आईपीओ जारी गर्नका लागि स्वीकृत दिने निकाय बीएसर्ई आफैँ हो। गत वर्ष सन् २०२४ मा बीएसर्ईले २५० वटा कम्पनीको ९० हजार करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो। त्यस्तै ब्रोकरलाई लाइसेन्स दिन हुने वा नहुने छनौट गर्ने काम पनि बीएसर्ईको नै रहेको छ।

‘हाम्रो सिस्टम संसारको सबैभन्दा छिटो छ,’ राममुर्तिले पत्रकारहरुसँग भने, ‘हामीले नै विश्वमा नै पहिलो पटक टी प्लस शून्य (जुन दिन कारोबार भयो सोही दिन भुक्तानी पाउने) प्रणालीमा सेटलमेन्ट गर्न थालेका हौँ,’ उनले भने। सुनलगायत केही निश्चित सामानको कारोबारमा भारतले टि प्लस शून्य प्रणालीमा सेटलमेन्ट गर्न थालेको छ। सन् २०२४ मार्चदेखि यस्तो प्रणाली लागू भएको हो। अन्यमा भने बीएसर्ईले टि प्लस वानमा सेटलमेन्ट गरिरहेको छ।

सीइओ राममुर्तिले जहिल्यै पनि मार्केट प्लेयरले नै नयाँ प्रोडक्टको आइडिया नियमनकारी निकायसँग राख्नुपर्ने धारणा राखे। ‘हुन त नियमनकारी निकाय वा ग्राहक जसले पनि आइडिया ल्याउँदा हुन्छ। तर मार्केट प्लेयरले पहिले आइडियामा काम गरेर थप छलफलका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग बसेर छलफल गरी कार्यान्वयनमा ल्याउनुपर्छ।’

नेपालमा भने नेप्सेले पहिले प्रोडक्ट ल्याउनुपर्ने अनि नियम बनाउने सेबोनको भनाइ छ। नियम नै नभइकन कसरी प्रोडक्ट ल्याउनु? भन्ने अडान नेप्सेको छ। पहिले नियम ल्याउने कि प्रोडक्ट भन्ने जुहारी नेपालमा चलिरहेको विषयमा सम्भवतः राममुर्ति जानकार थिए। तर यो विषयमा उनले प्रष्ट कुनै धारणा सुनाएनन्। अण्डा कि कुखुरा भन्ने विषयमा बहस हुने गरेको उनले नेपालतर्फ संकेत गर्न खोजेका थिए।

भारतमा भने पहिले बीएसईले बजार अध्ययन गरेर लगानीकर्ताको मनोभावनाअनुसार प्रोडक्ट तयार पारी सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर संचालनमा ल्याउने गरेको उनले बताए। त्यस्तै उनले बीएसर्ईले अल्गोरिदम टे«डिङ भइरहेको र यसले चुनौति पनि खडा गरिरहेको बताउदै चुनौतिहरुलाई कम गर्दै जाने पनि बताए।

 

त्यस्तै बीएसर्ईकी प्रमूख नियमन अधिकृत कमला केले भारतीय स्टक मार्केटको सुपरिभिजन र रेगुलेसन कडाइका साथ हुने गरेको दावी गरिन्। उनले प्रत्येक पाँचदिनमा करेन्सीसँग सम्बन्धीत कारोबारहरु रेगुलेटरहरुसँग बसेर छलफल हुनेगरेको पनि बताईन्।

त्यस्तै बीएसईले आफ्ना सदस्यको र लगानीकर्ताहरुको छट्टा छुट्टै सुपरीवेक्षण गर्ने दावी गर्दै कमला केले कम्पनीको सदस्यहरुले आफ्ना ग्राहकसँग कस्तो व्यवहार गरिरहेका छन्? कस्तो सर्भिस दिइरहेका छन्। सिष्टमहरु राम्रोसँग पालना गरेको छ की छैन भन्ने सवैकुराको पनि सुपरिवेक्षण हुन्छ। त्यस्तै लगानीकर्ताको लगानीको सुरक्षाको लागि पनि हामीले धेरै सुरक्षाका मेजर्सहरु अपनाएको पनि दावी गरिन्।

प्रोडक्ट डिजाइनदेखि संचालनमा रहदासम्म विचमा धेरै स्थानमा चेक एण्ड व्यालेन्सको काम भइरहने बताउदै कमलाकेले स्टक मार्केटको पुर्वाधारको विकासमा बीएसर्ई पायोनियर भएको पनि दावी गरिन्।
त्यस्तै उनले भारतमा पनि इन्साइडर टे«डिङ हुने गरेको स्वीकार्दै यसको रोकावटका लागि प्रिभेन्टिभ मेजर्सहरु अपनाइरहेको पनि स्पष्ट पारिन्।

बम्बई स्टक एक्सचेन्जका सेवा

बीएसईले विभिन्न प्लेटफर्म मार्फत लगानीकर्ताहरुलाई सेवा उपलव्ध गराइरहेको छ। कम्पनीले सन् १९९५ मा नै अनलाईन कारोबार सुरु गरेको थियो। सन् २००० मा इक्विटि डेरिभेटिभ मार्केट सुरु गरेको थियो। सन् २००० मा नै इन्ट्रा डे कारोबार सेन्सेक्स ६००० काटेको कम्पनीले जनाएको छ।

लगानीकर्ताहरुको हितको लागि बीएसईले सन् १९९७ मा नै ट्रेड ग्यारेन्टी कोष संचालन गरिएको थियो। साथै सोही साल ब्रोकर आकस्मिक कोषको पनि स्थापना गरेको कम्पनीले जनाएको छ। मार्जिन रिक्वायरमेन्ट क्याल्कुलेसनको लागि भिएआर मोडलको प्रयोग पनि सोही साल गरिएको कम्पनीले जनाएको छ।

बीएसईले सन् २००१ मा भारतमा नै पहिलो पटक फ्रि फ्लट इन्डेक्सको सुरुवात गरेको थियो भनेसोही बर्ष ‘डोलेक्स ३०’ (डोलेक्स ३० मतलत डलरको भाउमा तलमाथि हुदा ३० वटा मेजर कम्पनीको रिटर्न रेट देखाउने सिष्टम हो।)संचालनमा ल्याएको थियो।

तर नेपालमा अहिलेसम्म पनि ‘नेप्से ३०’ लागु गर्न सकेको छैन। नेप्से पुर्व निर्देशक कृष्ण बहादुर कार्कीले नेप्से ३० लागु गर्न खोजे पनि तत्कालिन अध्यक्ष शोभाकान्त पौडेलले लागुन गर्न नदिएपछि सो कन्सेप्ट पनि त्यतिकै विलय भएको थियो। त्यस्तै बीएसईमा शत प्रतिशत बुक विलिङ हुन्छ।
त्यस्तै बीएसईले ‘बैंकएक्स’को पनि व्यवस्था गरेको छ। जहाँ १० वटा स्टकका इन्डेक्सहरु देखाइन्छन्।

त्यस्तै सन् २००६ मा आइसेयर र ‘बीएसई सेन्सेक्स इन्डिया ट्याकर’ हङकङ स्टक एक्सचेन्जमा कारोबारको लागि सुचिकृत भयो। त्यस्तै भारतमा कर्पोरेट डेव्ट मार्केट संचालनमा रहेको छ। त्यस्तै सन् २००७ मा बीएसईमा सिंगापुर स्टक एक्सचेन्ज ५ प्रतिशतको सेयर हिस्सा किन्यो। त्यस्तै बीएसईले सन् २००८ बाट मुद्राको कारोबार पनि सुरु गरेको छ।

त्यस्तै लगानीकर्ताहरुलाई विविध सेवा उपलव्ध गराउने हिसाबले बीएसईले म्युचुअल फण्ड ट्रेडिङ प्ल्याटफर्म, न्यु मार्केट एक्सेस प्लेटफर्म पनि खुल्ला गरेको छ। सन् २०१० विएईले मा एसआइपी (सिस्टमेटिकन इन्भेष्टमेन्ट प्लान) र एसएलबी (सेक्युरेटि लेन्डिङ एण्ड बरोइङ) अर्थात् सर्ट सेलिङका टुल्सहरु बजारमा ल्याएको थियो।

नेपालमा एसआइपी भएपनि एसएलबीको प्राक्टिस छैन। त्यस्तै एसएमई एक्सचेन्ज प्ल्याटफर्म पनि छ। इक्वीटी, मुद्रा, ऋणपत्रहरु, डेरिभेटिभ, म्युचुअल फण्ड लगायतको कारोबार गर्दछ। भने बीएसर्ई सेन्सेक्स, बीएसई बेनेक्स, बीएसई सेन्सेक्स नेक्स्ट ५०, बीएसई भारत २२ इन्डेक्स, बीएसर्ई १००, बीएसर्ई ५००, बीएसर्ई २००, बीएसर्ई स्मल क्याव, बीएसर्ई १५० मिड क्याप इन्डेक्स, बीएसई ४०० मिडक्याप इन्डेक्स, बीएसर्ई २५० लार्ज क्याप इन्डेक्स, बीएसर्ई सेन्सेक्स ६० लगायत २०वटा इन्डेक्स रियल टाइममा संचालन गरिरहेको छ।


त्यसैगरी बीएसईले सन् २०१३ मा डाउन जोन्स इन्डिकेट्स (अमेरिकाको ३० वटा ठुला कम्पनीको ट्याक्क गर्ने इन्डिकेट्स) अर्थात् अमेरिकाको अर्थतन्त्रको सवैभन्दा छिट्टो विश्लेषण गर्न सक्ने सुचक लाई स्टाटेडी पार्टरको रुपमा भित्र्यायो।
भारतमा २.३ करोड मध्यम तथा साना उद्योग व्यवसायहरु रहेका छन्। त्यस्तै साना तथा मझौल इन्टरप्रेनरहरुको लागि चाहिने भारतकै सवैभन्दा ठूलो एसएमइ प्लेटफर्म बुम्बई स्टक एक्सचेन्जले संचालनमा ल्याएको छ। हालसम्म २५० वटा एसएमईज कप्म्पनीहरु कारोबारको लागि सुचिकृत भइसकेका छन्।

भारतकै सवैभन्दा ठूलो अनलाई ‘म्युचुअल फण्ड प्लेटफर्म’ पनि बीएसईले संचालनमा ल्याएको छ। जसको मासिक २७ लाख वटा कारोबार हुन्छ। त्यस्तै कम्पनीले बीएसई बण्ड पनि जारी गरेको छ। त्यस्तै प्रतिमहिना २ लाख नयाँ एसआइपी गर्नेहरु थपिन्छन्।

बीएसर्ई सेन्सेक्स, इन्डियाको सवैभन्दा बढी ट्रयाक गरिएको बेच्चमार्क हो। इक्वीटी, डेव्ड, डेरिभेटिप्स, करेन्सी, इन्ट्रेस्ट रेट, कमोडिटि डेरिभेटिप्स, इजीआर, बीएसई स्टार एएफ्, इन्डियन इन्टरनेशनल एक्सचेन्ज लगायतका प्रोडक्टहरु मार्फत बक्बई स्टक एक्सचेन्जले लगानीकर्ताहरुलाई लगानीका अवसरहरु खुल्ला गरेको छ।

सन् २०२४ मा आइपीओ मार्फत बजारबाट ९० हजार करोड रुपैयाँ उठाएको जानकारी दिदै सने २०२५ मा १ लाख करोड रुपैयाँ उठाउन लक्ष्य रहेको बताएका छन्।

त्यस्तै बीएसईमा २०२४ मा माब २५० वटा एसएमइजहरु दोस्रो बजार कारोबारका लागि सुचिकृत भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

शर्मिला ठकुरी

ट्रेन्डिङ