काठमाडौं । आइपीओ निष्कासन अनुमतिका लागि कमिसन मागेको भन्दै विवाद भइरहेका बेला नेपाल धितोपत्र बोर्डले १४ वटा कम्पनीलाई आइपीओ निष्कासनको अनुमतिको पाइपलाइनमा सूचीबाट हटाएको छ । सूचिबाट हट्ने कम्पनीमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् ।
बोर्डका अनुसार पीपीए नगरिकन प्रक्रिया अघि बढाएका र ९० रुपैयाँ नेटवर्थ तल रहेका कम्पनीहरुका लागि हालको लागि सूचीबाट हटाइएको हो । अब ती कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड पुरा गरी पुनः आवेदन दिन सक्ने पनि बोर्डले जनाएको छ ।
बोर्डले पाईपलाइनबाट हटाएका कम्पनीहरुमा लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर ,बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर र झापा इनर्जी रहेका छन् । यसबाहेक एकर्ड फर्माटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी पनि आईपीओ पाइपलाइनबाट हटेका छन् ।
प्रतिक्रिया