काठमाडौं । पछिल्लो समयमा झण्डै ४ दर्जन बैंक तथा वित्तिय वसंस्थाले मर्जरका लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरी निवेदन दिएका छन् । २०७४ असार मसान्त सम्ममा बाणिज्य बैंकको चुक्तापुँजी आठ अर्व बनाइनुपर्ने बाध्यकारी नियम राष्ट्र बैंकले ल्याएपछि बैंक तथा वित्तिय संस्थाहरु धमाधम मर्जर (गाम्ने वा गाभिने) वा एक्वायर (किन्ने) गर्नेतर्फ लागेका हुन् । चुक्तापुँजी पुर्याउनका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाले आफ्ना लगानीकर्तालाई बोनस सेयर र हकप्रद सेयर जारी गरेका भएपनि अधिकांस बैंक तथा वित्तिय संस्था भने एक्वायर वा मर्जरमा नै गएर चुक्तापुँजी पुर्याउन लागेको देखिन्छ । अहिले नेपाल राष्ट्र बैंकमा ४५ वटा बैंक तथा वित्तिय संस्थाहरु मर्जरमा जान स्वीकृतिको लागि पर्खाइमा रहेका छन् । ति संस्थाहरुलाई मर्जरमा जान दिने कि नदिने भन्ने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले निर्णय गर्ने राष्ट्र बैंकले जनाएको छ । मर्जरको स्वीकृति माग्नेमध्ये अधिकांश विकास बैंक रहेको राष्ट्र बैंक श्रोतले जनाएको छ । मर्जरका लागि स्वीकृति मागेका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृति दिनुपर्छ । पछिल्लो समयमा एनसीसी बैंकले चार वटा विकास बैंकलाई गाभ्ने गरी स्वीकृति मागेको छ । v
४५ वटा बैंक तथा वित्तिय संस्था मर्जरका पर्खाइमा
२०७३ कार्तिक २१, आईतवार

प्रतिक्रिया