वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतमा मंगलबार रातिदेखि नै ५०० र १००० का नोटहरु नचल्ने,नेपालमा पनि प्रभाव

अर्थटुडे
२०७३ कार्तिक २३, मंगलवार

काठमाडौं । भारतमा कात्तिक २३ गतेदेखि रु ५०० र रु १००० को नोट नचल्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार ५०० र १००० को नोट भारतमा नचल्ने यो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले भ्रष्टाचार र कालो धनमा रोक लगाउनका लागि यो कदम उठाएको बताएका छन् । उनले एक हजार र पाँच सयका नोट भएका व्यक्तिहरुले ३० डिसेम्बरसम्म बैंकमा जम्मा गरी साट्न सक्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा एक विशेष सम्बोधन गर्दै भ्रष्टाचार र कालो धनमाथि लगाम लगाउनका लागि निर्णायक लडाईँ जरूरी रहेको बताए । यो घोषणापछि आज मध्यरातिबाट ५०० र १००० का सबै पुराना नोट आम लेनदेनका लागि अमान्य मुद्रा मानिनेछ । प्रधानमन्त्री मोदीले यो निर्णयबाट मानिसहरुले आत्तिन जरुरी नरहेको पनि स्पष्ट पारेका छन् । भारतीय सरकारले यी नोटलाई बैंक र डाकघरमा जम्मा गराउने सुविधा दिइएको छ । मोदीले कालो धन र भ्रष्टाचारविरुद्धको सरकारको यो कदममा देशका सबै जनतालाई साथ दिन पनि अपिल गरेका छन् । मोदीले भने, ’भारतमा सवा लाख करोड रुपैयाँ भन्दा धेरै कालो धन रहेको छ । जससँग सघर्ष गर्न त्यति सजिलो छैन ।’

 

उनले भारतमा सम्पत्ति समेत ठूलो सौदाबाजीमा कालोधनको लेनदेन हुने गरेको बताएका छन् । पाँच सय र एक हजार रुपैयाँको नोटलाई साट्नका लागि भारत सरकारले सर्वसाधरणलाई ५० दिनको समय दिएको छ । भारतको यो कदमले नेपाली अर्थबजार पनि प्रभावित हु्ने भएको छ । नेपालको सीमाक्षेत्रका सहर बजारदेखि गाउँ तथा राजधानी काठमाडौंमा पनि भारतीय पाँच सय र हजारका नोट प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ