काठमाडौं । दुई वर्षअघि मात्र नेपालमा चल्न थालेको ५०० र १००० भारतीय रुपैयाँ बुधबारदेखि नचल्ने भएपछि सर्वसाधरण मर्कामा परेका छन् । सरकारी कार्यालयका कर्मचारीहरुको निकायको निरन्तर अनुरोधपछि नेपालमा चल्न थालेको भारतीय ठूला दरका नोटहरु अहिले सर्वसाधरणलाई कागज सरह भएको छ ।
मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ठूला दरका नोट नचल्ने भनेर घोषणा गरेसँगै भारतभर ५०० र १००० दरका नोटहरु चल्दैन । भारतमा ठूला दरका नोट नचल्ने भएपछि नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै नेपालमा पनि सो दरका नोट नचल्ने जनाएको छ । केन्द्रिय बैंकले बुधबार नै बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गरी ठूला दरका भारतीय नोट चल्न चलाउन सख्त मनाही गरेको छ ।
नेपाल राष्ट्र बैंकका अधिकारीहरु भारतीय ठूला दरका नोटहरु अव नेपालमा नसाटिने बताउँछन् । भारतीय ठूला नोट भारत लगेर साट्नको लागि परिचयपत्र अनिवार्य गरिएको छ । तर सर्वसाधारणको लागि सो सम्भव छैन । त्यस्तै सर्वसाधरणसँग यस्ता नोट कत्ति छन् भन्ने यकिन पनि केन्द्रिय बैंक गर्न सक्दैन ।
नेपालमा भारतीय व्यापारी रहेका छन् । यहाँ ठूलो माडेसमुदायको बसोबास रहेको र उनीहरु भारतबाट नेपालमा सामग्री ल्याएर व्यापार गर्ने भएकोले उनीहरुसँग, सिमानाका सर्वसाधरणसँग, हुन्डीवालाहरुसँग भने यस्ता नोट ठूलो परिमाणमा हुन सक्ने केन्द्रिय बैंकले जनाएको छ । यदी भारतीय पक्षले सहमति दिएमा मात्र नेपालीसँग रहेका ५०० र १००० का नोट साटिदिने केन्द्रिय बैंकले जनाएको छ । राष्ट्र बैंकको व्यवस्थापन समिति बैठकले तत्काल केन्द्रिय बैंकले जोखिम नलिने भन्दै आफूहरुले पनि भारतीय ठूला दरका नोट नसाट्ने निर्णय गरेको हो ।
प्रतिक्रिया