काठमाडौं । पछिल्लो समयमा एटिएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने गिरोहलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । एटीएमबाट रकम चोरी गर्ने तीन जना रोमानियन नागरिकहरुलाई पक्राउ गरेको केही दिनमा नै सोही आरोपमा प्रहरीले दुई जना टर्कीस नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरीले टर्कीका सलेहात्तिन यावर Selahattin Yabar (राहदानी नं. U 12674588) र मुहारिम उजुमलाई Muhareem Uzun (राहदानी नं. U 12877180) कान्तिपथबाट नक्कली एटीएम कार्ड बनाइ रकम चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
उनीहरु टर्कीबाट नेपालमा पर्यटक बनेर आई एटीएम मेसिनमा गएर कार्ड स्कीमिङ डिभाईस, हिडन क्यामरा हरु प्रयोग गरी एटीएम कार्ड तथा कार्ड राइटर एटीएम बुथमा राखेर नेपालीहरुको रकम चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) का अनुसार उनीहरुले विषेषगरी दरवारमार्ग, ठमेल लगायतका स्थानमा रहेको एटीएम मेसिनहरुबाट रकम चोरी गर्ने गरेका छन् । उनीहरुको साथबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, एक हजार ७०० युरोपियन डलार, एक हजार ६६० अमेरिकी डलर, ११३ वटा एटीएम कार्डहरु, २ सेट मोवाइल, आठ पाना एटीएमका पिनहरु लेखिएको कागज र एक वटा हव्लट कम्पनीको घडी बरामद गरेको छ । यसअघि सातजना पुर्वी युरोपियनलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको छ । उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया