काठमाडौं । एनएमबि बैंकको ९४ लाख कित्ता एफएमओ कम्पनीले प्रिमियममा किनेको छ । यससँगै नेदरल्याण्डको सो कम्पनी एनएमबि बैंकको अन्तराष्ट्रिय साझेदार भएको छ । बैंकको २० प्रतिशत हिस्सेदार सो कम्पनी भएको छ ।
एफएमओले प्रतिकित्ता एक सय रुपैयाँमा १५० रुपैयाँ प्रिमियम थपरे २५० रुपैयाँका दरले ९४ लाख कित्ता सेयर किनेको हो । एनएमबिले पाथिभरा, भृकुटी, क्लिन ईनर्जी र पुडेन्सियल फाइृनान्सलाई आफुमा गाभ्ने क्रममा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिंदा एफएमओको २० प्रतिशत हिस्सेदारी कायम गर्ने शर्त तोकिएको थियो । मर्जरअघि १४ प्रतिशत सेयर रहेको एफएमओको मर्जरपछी घटेर तीन प्रतिशत कायम भएको थियो ।
हाल एनएमबी बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रहेकोमा अब साढे पाँच अर्ब पुग्ने भएको छ । साथै प्रिमियम वापतको डेढ अर्ब रकम जगेडा कोषमा जानेछ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यो रकम उल्लेख गरेर ५ अर्ब ४३ करोड पुँजी देखाएको छ ।
एफएमओले यसअघि तल्लो सोलु हाइड्रोपावर,डोल्मा इम्प्याक्ट फण्ड र नेपाल हस्पिटालिटी ग्रुपमा लगानी गरिसकेको छ । एफएमओ नेदरल्याण्ड सरकार समेतको लगानी रहेको अन्र्तराष्ट्रिय द्धिपक्षिय विकास बैंक हो ।
प्रतिक्रिया