काठमाडौं । नागरिक लगानी कोषले भौतिक पुर्वाधार निर्माण गर्ने कार्यमा योगदान पु¥याएको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बिक्रम सिंह थापालाई सम्मान गरेको छ ।
कोषद्वारा बिहीबार आयोजित कार्यक्रममा संचालक समितिका अध्यक्ष महाश्रम शर्मा र कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले थापालाई सम्मान गरेका हुन् ।
सोही कार्यमा सहयोग गरेवापत महानगरिय प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरीया र शसस्त्र प्रहरी बल अस्थायी सुरक्षा वेश ट्रलीबस प्रमुख, शसस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको हो ।
सो अवसरमा अध्यक्ष शर्मा र कार्यकारी निर्देशक पोखरेलले संसद भवनको पुर्व पट्टि रहेको ६ रोपनी जमिनमा कोषमा सहभागी ६ लाख सेवाग्राहीलाई एउटै छाना मुनी सबै सेवा प्रदान गर्ने प्रतिवद्वता ब्यक्त गरे ।
कोषमा सहभागी निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, शिक्षकको मागलाई ध्यानमा राख्दै कोषले ब्यवसायिक भवन बनाउने तर्फ काम अगाडी बढाइसकेकोमा सबै सहभागीले जोड दिएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए
प्रतिक्रिया