वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टोयोटा गाडिको नयाँ शोरुम कुपण्डोलमा

अर्थटुडे
२०७३ पुष ९, शनिबार

काठमाडौं । टोयोटा गाडीहरुको नयाँ शोरुम कुपण्डोलमा खोलीएको छ । नेपालका लागि आधिकारिक बितरक युनाइटेड टेडर्स सिण्डिकेटले टोयोटा गाडिहरुको नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालनमा ल्याएको हो । सो शोरुमको उद्घाटन भ्वइथका अध्यक्ष शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संयुक्त रुपमा गरे । सो अवसरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिएको थियो ।

टोयोटा गाडि बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले सो शाखा शनिवारदेखि संचालनमा ल्याएको हो । नयाँ शाखामा टोयोटाका विभिन्न मोडलहरुका गाडिहरु खरिद गर्न सकिने बताइएको छ । कम्पनीले नयाँ शाखा स्थापना गरेको उपलक्ष्यमा टोयोटा गाडि खरिदकर्ताहरुका लागि विशेष सुविधा तथा अफरहरु पनि दिनेछ ।
यस शोरुमबाट ग्राहकले प्राडो, र्याफो, हाइलक्स लगायतसबै किसिमका टोयोटा उत्पादनहरु खरिदगर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ