वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिलोपटक अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला गर्दै घरेलु महासंघ

अर्थटुडे
२०७३ पुष १३, बुधबार

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघले पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी गर्ने भएको छ । महासंघले आगामी बैशाख ७देखि ११ गतेसम्म काठमाडौको भृकुटीमन्डपमा अन्तराष्ट्रिय व्यापार प्रदर्शनी गर्ने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

यसअघि महासंघले राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आएको थियो । यो सहित महासंघको १३ औ औद्योगिक प्रदर्शनी भएपनि अनतराष्ट्रिय औद्योगिक प्रदर्शनी भने पहिलो हो । घरेलु महासंघका अध्यक्ष श्याम गिरिका अनुसार मेलामा सवै प्रकारका खोज, अनुसन्धान तथा आविष्कारहरुलाई पनि प्रदर्शनीमा राखिने छ भने मेलामा हाइटेक प्रविधिको घरेलु उद्योगहरु पनि प्रदर्शनीमा राखिने छ ।

आधुनिक टेक्नोलोजी प्रयोग नभएकोले कतिपय उद्योगहरु समस्यामा परेको र युवापुस्ताको रोजाइमा पनि नभएको भन्दै अध्यक्ष गिरिले हाइटेक प्रविधिमैत्री घरेलु उद्योग बनाउन मेलाले सहयोग गर्ने बताए ।  यस पटक छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि मेलामा सहभागि गराइने बताइएको छ । मेलामा औद्योकरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रमसमेत महासंघले राखेको छ ।

मेला आयोजना गर्न विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने महासंघले जनाएको छ ।

औद्योगिक व्यापार मेलासमेत भएकाले मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगका उत्पादनको प्रदर्शनी र व्यापारसमेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुलुकको औद्योगिकरणले वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिने बताइएको छ । उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् ।

यस प्रदर्शनीमा ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने छ । प्रदर्शनीमा ३ सय वटा स्टल रहनेछन् । एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ