काठमाडौं । २०७४ साल वैशाखसम्ममा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचनको मिति तोक्न व्यवस्थापिका संसद अन्र्तगतको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको विहिबार बसेको बैठकले निर्वाचनका लागि आवश्यक पर्ने कानुन छिटो भन्दा छिटो व्यवस्थापिका–संसदमा पेश गर्न तथा संविधान एवं संघीयता कार्यान्वयन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नका लागि समेत सरकारलाई निर्देशन दिएको हो ।
समितिको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री, संसदीय दलका प्रमुख सचेतकहरु, प्रमुख निर्वाचन आयुक्त तथा आयुक्त, स्थानीय पुर्न संरचना आयोगका अध्यक्षलगायसँग छलफल भएको थियो ।
त्यसैगरी निर्वाचन आयोगलाई छिटो भन्दाछिटो पूर्णता दिन समेत समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया