वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्राविधिकलाई ७५ प्रतिशतसम्म भत्ता, पोखरा खानेपानी आयोजनालाई ४ अर्ब ४३ करोड अनुदान

अर्थटुडे
२०७३ पुष १४, बिहीबार

काठमाडौ । सरकारले भूकम्प प्रभावित जिल्लमा खटिएका इन्जिनियर र प्राविधिकहरुलाई ७५ प्रतिशत सम्म भत्ता दिने भएको छ ।

विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिकहरुलाई सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । इन्जिनियर र प्राविधिकहरुले सेवा सुविधा नबढाएको भन्दै पुननिर्माणको काम ठप्प पारेका थिए ।

त्यस्तै पोखराको खानेपानी सुधार गर्न पोखरा खानेपानी सुधार आयोजनालाई ४ अर्ब ४३ करोड रुपैयाँ अनुदान दिने निर्णय भएको समेत सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

यसैगरी बैठकले भूकम्पबाट क्षति भएको माथिल्लो त्रिशुली आयोजनाको पुनर्निर्माण र सरसफाई गर्न ६१ करोड १८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यस्तै बैठकले एसियाली विकास बैंकले प्राविधिक शिक्षामा खर्च गर्न दिने भनिएको २ अर्ब १२ करोड रुपैयाँ सहयोग स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले नेपाली सेनाका प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ भने प्रेस काउन्सिलको रिक्त सदस्यमा नवलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ