काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँभन्दा कमका खुद्रा रकमको निश्कासन बन्द गरिसकेको छ । ५ रुपैयाँभन्दा कमका खुद्रा रकम समेत बजारमा त्यति प्रचलनमा छै्रन । तर, नेपाल आयल निगमले इन्धनको मूल्य निर्धारण गर्दा खुद्रा मूल्य निर्धारण गरेर उपभोक्ता ठग्नका लागि सहज वातावरण निर्माण गरिरहेको छ ।
आयल निगमले इन्धनको मूल्यमा खुद्रा पैसा तोकेपछि पम्प तथा डिलरहरुलाई तोकेको भन्दा बढी रकम लिन सहज भइरहेको छ ।
निगमले पछिल्लो पटक इन्धनको मूल्य निर्धारण गर्दा पेट्रोलमा तथा डिजेल\मट्टितेलको मूल्यमा खुद्रा रकम जोडेको छ । अहिले प्रतिलिटर पेट्रोलमा एक सय एक रुपैयाँ ५० पैसा, डिजेल\मट्टितेलमा ७७ रुपैयाँ ५० पैसा र हवाई इन्धनमा ८६ रुपैयाँ मुल्य छ ।
५० पैसा तोके पनि उपभोक्ताले रुपैयाँ तिर्दै आएका छन् ।
यसबारेमा सर्वसाधारण उपभोक्तले सामाजिक संजालमा गुनासो तथा व्यग्य गरेपनि निगमले सुनुवाई गरेको छैन । यसमा मूल्य निर्धारण गर्ने निगमका अधिकारी र पम्प संचालकहरुको मिलेमतो रहेको र निगमका उच्च अधिकारीहरुले कमीसन बुझ्ने गरेको आरोप समेत लगाउदै आएका छन् ।
यता निगमका अधिकारीहरुले भने अब मूल्य समायोजन गर्दा खुद्रा पैसा हटाउने जनाएको छ ।
निगमले १५\१५ दिनमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा मूल्य समायोजन गर्दै आएको छ ।
प्रतिक्रिया