काठमाडौं । दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर चुक्ता नगरेसम्म फोरजी सेवा संचालनको अनुमति नदिन सांसदहरुले माग गरेका छन् । व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा सांसदहरुले कुनैपनि हालतमा एनसेलबाट पुँजीगत लाभकर उठाउनुपर्ने माग गरे ।
बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले जसरी पनि कर उठाउनु पर्ने र कर नउठेसम्म उसलाई थप सेवा विस्तार गर्न दिन नहुने बताए ।
बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्वर झाले एनसेललाई फोरजी नदिए राज्यलाई ५६ करोड घाटा हुने तर्क दिएपछि सांसदहरु आक्रोसित भएका थिए ।
बैठकमा विवाद भएपछि कुनै निर्णय भने हुन सकेन ।
प्रतिक्रिया