वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभकर नतिरेसम्म एनसेल फोरजी लगायतका सुविधाबाट बन्चित

अर्थटुडे
२०७३ माघ ११, मंगलवार

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेललाई फोरजी लगायतका थप सेवा सुविधा नदिन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले एनसेलको सेयर कारोवारमा भएको लाभमा कर चुक्ता नगरेसम्म एनसेललाई कुनै पनि सेवा सुविधा नदिन सरकारलाई निर्देशन दिएको हो ।

समितिको बैठकमा बोल्ने सभासदहरुले एनसेल विक्रिपछिको लाभमा लाग्ने कर चुक्ता नगरेसम्म फोरजी लगायतका सेवा सुविधाहरु दिन नहुने तर्क राखेका थिए । यसअघि समितिले तीन महिनाभित्र कर तिरिसक्न एनसेललाई निर्देशन दिएको थियो । तर एनसेलले सो निर्देशनको वेवास्ता गर्दै आएको छ ।

सभासद सर्वैन्द्रनाथ शुक्लाको अध्यक्षतामा बसेको समितिको बैठकमा बोल्दै सभासद रामहरि खतिवडाले सांसदको समितिले गरेको निर्णय कार्यान्वयन नहुनुमा नेपाल दूरसञ्चार प्राधिकरणका प्रमूखको पनि संलग्नता रहेको बताए । उनले दलका नेता, कमृचारी प्रशासन लगायतका व्यक्तिहरु एनसेललाई कर नतिराउन लागि परेको आरोप लगाए ।

सभासद धनराज गुरुङले एनसेलले तीन महिनाभित्र सरकारलाई कर नतिरे उसका सवै सेवा सुविधा बन्द गर्नुपर्ने बताए । गुरुङले सरकारले बैदेशिक लगानीको चिन्ता गर्न नहुने र यौटा गए अर्कौ कम्पनी आउने दावी गरे । अर्का सभासद आनन्दराज पोखरेलले नेपालमा भएका बहुराष्ट्रिय कम्पनीले नेपाललाई हेप्न खोजेको आरोप समेत लगाए ।

यस्तै मंगलबार नै बसेको संसदको अर्थ समितिको बैठकले पनि लाभकर चुक्ता नहुँदासम्म एनसेललाई फोरजी लगायतका सुविधा नदिन निर्देशन दिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ