काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता सेयर जारी गर्न लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार प्रिमियर इन्स्योरेन्सले नौ सय चार रुपैयाँमा एक सय थप गरेर जम्मा एक हजार चार रुपैयाँमा एफपीओ जारी गर्न लागेको हो ।
सो एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४४ करोड पुग्ने छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख ५३ हजार दुई सय २० रुपैयाँ रहेको छ । यसैगरी एफपीओ मार्फत कम्पनीले थप ६२ करोड आर्जन गर्ने छ ।
प्रिमियर इन्स्योरेन्सले ६ लाख ९५ हजार कित्ता सेयर एफपीओ जारी गर्ने
२०७३ माघ १२, बुधबार

प्रतिक्रिया