वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लाइफको शत प्रतिशत हकप्रद सेयर आउदै

अर्थटुडे
२०७३ माघ २४, सोमबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शत प्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीको २८औं बार्षिक साधारणसभाले शत प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले एक करोड ३२ लाख ४८ हजार ६३७ हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई विक्रि प्रबन्धक नियुक्त गरेको छ ।

जीवन बिमा कोष १६ अर्ब रुपैयाँ हाराहारी पुगेको कम्पनीले गत बर्ष तीन अर्ब ८४ करोड बिमा शुल्क संकलन गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ