वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपर खोरुङ्गा जलविद्युत आयोजनाका लागि लगानी जुट्यो, माछापुच्छ्रे, जनता र नेपाल बंगलादेश बैंकले गरे लगानी

अर्थटुडे
२०७३ माघ २४, सोमबार

काठमाडौं । अपर खोरुङ्गगा जलविद्युत आयोजनाको लागि एक अर्व रुपैयाँ लगानी जुटेको छ । ते¥हथुम पावर कम्पनी प्रा.लि.ले प्रवर्धन गरेको सो आयोजनामा माछापुच्छ्रे वैंक लिमिटेडको अगुवाइमा तीन वटा वाणिज्य बैंकहरुले १ अर्व रुपैया कर्जा लगानी गर्ने भएका छन् ।

तेह्रथुम पावर कम्पनी र तीन बैंकविच सोमबार सो आयोजनाको लागि सह–वित्तियकरण सम्झौता भएको छ । सो आयोजना ७.५ मेगावाटको रहेको छ । सह–वित्तियकरणका लागि नेपाल बंगलादेश बैंक,जनता बैंक लिमिटेडले समेत कर्जा लगानी गरेका छन् ।

सो आयोजनाको लगानी कुल लागत १ अर्व ३७ करोड ५७ लाख मध्ये ७३ प्रतिशत वैंक तथा वित्तीय संस्थाको र २७ प्रतिशत प्रवर्धकको लगानी रहने छ । वैंकहरुद्धारा कर्जा लगानी गर्ने निश्चित भए पछी आयोजनाको निर्माण कार्य अघी बढने निश्चित भएको छ ।

अप्पर खोरुङ्गगा जलविद्युत आयोजना ते¥हथुम जिल्लाको मोरङ गा.वि.स. मा अवस्थित छ । अध्ययन अनुसार आयोजनाबाट वार्षिक ४२.९५८ गिगावाट विद्युतीय उर्जा उत्पादन हुनेछ । आयोजना समयमै सम्पन्न गर्न प्रवर्धक कम्पनीले सरकारलाई “परफमेन्स ग्यारेन्टी” वुझाइ सकेको छ । सो आयोजना बि.सं.२०७६ पौष १ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ