वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सात बर्षिय बालिकाले गुगलको सिइओलाई चिठ्ठी लेखेर जागिर मागिन्

अर्थटुडे
२०७३ फाल्गुन ५, बिहीबार

काठमाडौं । एक बच्चीले गुगलको प्रमूख कार्यकारी निर्देशकलाई चिठ्ठी लेखेर नोकरीको माग गरेकी छिन् । सात बर्षिय कोइली ब्रिजवाटरले गुगलका प्रमूख कार्यकारी निर्देशक सुन्दर पिचाइलाई चिठ्ठी लेखेर भनेकी छिन्,‘ डियर गुगल बोस मेरो नाम कोइली हो, म ठूली भएपछि गुगलमा काम गर्न चाहन्छु, म चकलेट प्याक्ट्रीमा पनि काम गर्न चाहन्छु साथै ओलम्पिकमा स्वीमिङ पनि गर्न चाहन्छु, मलाई कम्प्युटरमा ठूलो सोख छ ।’

उनले अगाडी लेखेकी छिन्,‘ मेरो बाबाले मलाई बताउनु भएको छ की गुगलमा काम गर्यो भने विन बैंग्समा बस्न सक्छौ र स्लाइडमा झुल्न सक्छौ ,त्यसैले म गुगलमा काम गर्न चाहन्छु ।‘

उनले चिठ्ठीमा लेखेकी छिन् की उनलाई कम्प्युटर मन पर्छ र उनको साथमा एक ट्याव्लेट पनि छ । जुन ट्याव्लेटमा उनी गेम खेल्छिन् । उनले भनेकी छिन्,‘मेरो बाबाले मलाई यौटा रोवटलाई तल माथि गराउने गेम ल्याइदिनु भएको छ । मै यदी कम्प्युटर सिके भने मलाई राम्रो हुन्छ । ’

उनले चिठ्ठीको अन्तमा यो पत्र पढेको मा धन्यबाद दिदै आफ्नो उमेर पनि लेखेकी छिन् । उनको यो पत्रको जवाफ गुगलका प्रमूख सुन्दर पिचाइले नै दिएका छन् । जुन पत्र देखेर बच्चीका मातापिता पनि छक्क परेका छन् ।

पिचाइले कोइलीलाई जवाफमा लेखेका छन्,‘तिमीले पत्र लेखेकी रहेछौ धन्यवाद,‘ तिमीलाई कम्प्युटर र रोवोट मन पर्ने कुरा थाहा पाएर खुसी लाग्यो । ‘यदी तिमी कडा मेहनत गछ्यौ र सपनाको पछाडी दौडन्छ्यौ भने तिमीले सवैकुरा हासिल गर्न सक्छौ, गुगलमा नोकरी गर्न होस् या ओलम्पिकमा स्वीमिड गर्न होस् ।

पिचाइले भनेका छन् ।’ पिचाइले अगाडी लेख्छन्,‘पहिले आफू स्कुलको पढाई पुरा गर त्यसपछि नोकरीको लागि आवेदन देउ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ