काठमाडौं । हाइड्रो नेपालले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ दिने भएको छ । मूलुकलाई लोडसेडिङमुक्त गर्नको लागि योगदान दिएको भन्दै उनलाई सो अवार्ड दिइएको हो । उनलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै लोडसेडिङको न्युनीकरण र जलविद्युतको पूर्वाधार विकासका लागि लिएको पहलकदमीलाई उत्साहजक भएको भन्दै सम्मान गर्न लागिएको हो ।
घिसिङ वर्षकै हाइड्रोमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित हुने भएका हुन् । उनले गत असोजको सुरुवातमा प्राधिकरणमा कार्यकारीका रुपमा नियुक्ति बुझेका थिए ।
काठमाडौं सहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले हाइड्रोको विकासका लागि उत्सहा थपेका छन् । त्यस्तै संस्थाले हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठ प्रदान गर्ने निर्णय गरेको छ ।
डा. हरिमान श्रेष्ठले सन् १९६६ मा तत्कालीन सोभियत संघबाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए ।
प्रतिक्रिया