काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको विद्युत प्रणालीलाई भूमिगत गर्ने घोषणा गरेको छ । सोमबार व्यवस्थापिका संसदमा सरकारका तर्फबाट आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले यसका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।
उनले दुहबी—हैटौंडा प्रशारणलाइनलाई अब ४ सय केभी क्षमतामा विस्तार गरिने र यसका लागि २ वर्ष लाग्ने पनि बजेटमा समाबेस गरिएको जनाएका छन् ।
बजेटमा विजुली उत्पादनको कुल क्षमता अध्ययन गर्ने कामलाई निरन्तरता दिइनेछ । भने ४ सय केभीको बुटवल—जयनगर प्रशारणलाइन का लागि आवश्यक बजेट छुट्याइएको छ ।
त्यसैगरी ढल्केबर—मुजफफ््पुर प्रशारण लाइनलाई ४ सय केभीमा चार्ज गर्न आवश्यक बजेट पनि बिनियोजन गरिएको महराले जाकारी दिए ।
प्रतिक्रिया