वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुग्लिन–नारायणगढ सडक खण्ड डेढ महिनासम्म बन्द गर्न निर्देशन

अर्थटुडे
२०७४ असार २०, मंगलवार

काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको विकास समितिले मुग्लिन–नारायणगढ सडक खण्डलाई रातिको समयमा बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त सडकमा नियमित जस्तो आइरहेको पहिरोका कारण जनधनको क्षति समेत भइरहेको र आवागमनमा असहज स्थिति सृजना भएकाले सडक सुरक्षाको प्रवर्धन गर्न वर्षायामको समयसम्म करिव डेढ महिना रातिको समयमा सवारी आवागमनलाई निषेध गर्न निर्देशन दिएको हो ।

मंगलबार बसेको समितिको बैठकले संम्भव भएसम्म राति पनि सडक विस्तारको कार्य गर्न तथा जोखिमयुक्त वस्तिहरुलाई स्थानान्तरण गर्न वा तत्काल बैकल्पिक व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।

यसैगरी समितिको बैठकले  उपत्यका भित्रका सडकहरुलाई तत्काल स्त्तरोन्नति गर्न, मापदण्ड अनुसार सडकको चौडाई तत्काल विस्तार गर्न, बिजुलीका तारहरुलाई युटिलिटि टनेल अन्तर्गत अन्डरग्राउन्ड गर्न र सडकहरुलाई तीन महिनाभित्र दुरुस्त अवस्थामा राखिसक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ