वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

८ महिनामा साढे १० खर्ब रेमिट्यान्स, फागुनमा मात्रै डेढ खर्ब बढी

अर्थटुडे
२०८१ चैत्र २७, बुधबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा साढे १० खर्ब रेमिट्यान्स भित्रिएको छ । विदेशीने नेपालको संख्या बृद्धि र डलरको मूल्य समेत महंगो हुदा रेमिट्यान्स बृद्धिदर उत्साहजनक देखिएको हो ।

आन्तरिक आर्थिक गतिविधि शिथिल भएपनि रेमिट्यान्स आप्रवाह राम्रो हुँदा अर्थतन्त्रका सूचकहरु भने सकारात्मक देखिएका छन् । शोधनान्तर स्थिती, विदेशी मुद्रा सञ्चिती तथा आयात धान्ने अवस्था पनि बलियो अवस्थामा रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु आवको फागुनसम्ममा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।

यसैगरी फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए। त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो ।

२०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८१ फागुनसम्ममा २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ