काठमाडौं । नेपाल राष्ट्र बैंकले खातामा मौजाद हेरेर मात्र चेक जारी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै चेक बाउन्स बैंकिङ कसुर हुने भन्दै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको हो ।
बैंक, वित्तीय संस्था र सहकारी बैंकको चेक सटही नभई फिर्ता (चेक बाउन्स) भएमा खातावालाले रकम जम्मा गर्न ४५ दिन सयम पाउनेछन् । बैंकिङ कसुर ऐन अनुसार चेक बाउन्स भएमा सम्बन्धित बैंक वा सहकारी बैंकले खातावाललाई ४५ दिनभित्र रकम जम्मा गर्न समय दिन सक्छ । उक्त समयभित्र रकम जम्मा नभएमा मात्र कानुनी कारवाही हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
तोकिएको अवधिमा खातावालाले रकम जम्मा नगरेमा बैंकले चेक अनादर भएको विवरण प्रमाणित गरी तीन दिनभित्र चेक धारकलाई फिर्ता गर्नु पर्ने कानुनी प्रावधान छ । त्यसपछि चेक धारकले कानुनी कारवाही अघि बढाउन सक्नेछ ।
कानुनमा चेक चेक जारी गर्ने व्यक्तिलाई विगो रकम, सोमा लाग्ने ब्याज तथा कुल विगोको ५ प्रतिशत जरिवाना तिराउनु पर्नेछ । साथै, प्रचलित कानुनअनुसार कैद सजायसमेत हुन सक्ने प्रावधान रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
प्रतिक्रिया