वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सक्षम नेतृत्वका कारण नाफामा इतिहास रच्दै कृषि विकास बैंक

अर्थटुडे
२०८२ श्रावण २४, शनिबार

काठमाडौ । नेतृत्व परिवर्तनले कसरी संस्थाको धार परिवर्तन गर्न सक्छ भन्ने कुरा कृषि विकास बैंकका प्रमूख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले प्रमाणित गरेका छन् । १२ करोड ८९ लाख रुपैयाँ घाटामा गएको कृषि विकास बैंकलाई उनले नेतृत्व गरेको साढे दुई बर्षमा नै ४ अर्ब १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् । यो नाफा इतिहासकै सवैभन्दा बढी भएको बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा ४२.८३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षको अन्तिम त्रैमासमा बैंकले २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। आर्थिक बर्ष २०७९/८० को दोस्रो त्रैमासमा बैंक करिव १३ करोड रुपैयाँ घाटामा गएको थियो । २०७९ फागुन ८ गते बैंकको नेतृत्व संहाल्न पुगेका गुरुङ र उनको टिमको मेहनतले बैंकलाई १८.५३ प्रतिशत लाभांस वितरण गर्न सक्ने बनाएको छ । साथै गत आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रहेको छ। लाभांश क्षमता इतिहासमा नै सबैभन्दा बढी हो ।

बैंकले शनिवार सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको संचालन मुनाफा पनि अघिल्लो आर्थिक बर्षको तुलनामा २२ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षमा संचालन मुनाफा ११ अर्ब ८९ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले संचालन मुनाफा ९ अर्ब ७६ करोड गरेको थियो । बैंकको मुख्य आम्दानीको रुपमा मानिने खुद ब्याज आम्दानी पनि ९ अर्ब ८२ करोड पुगेको छ।

त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा पुगेको छ। बैंकको ब्याजदर स्प्रेड ३.९६ प्रतिशतमा छ।

यस्तै गत आर्थिक बर्षमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने २ खर्ब १६ अर्ब २ करोड कर्जा परिचालन गरेको छ। बैंकको कुल सम्पती ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफामा आएको वृद्धि, घट्दो खराब कर्जा र घट्दो कर्जा दायित्व, सुदृढ पूँजी संरचना र सन्तुलित कर्जा रणनीतिले कृषि बैंकलाई आगामी बर्षमा अझ मजबुत बनाउने संकेत देखिएको छ।

बैंकले जोखिम न्यूनतम राख्ने रणनीतिअनुसार प्राथमिकता प्राप्त कर्जामा ध्यान केन्द्रित गर्दै लगानी पोर्टफोलियो विस्तार गरेको छ। यसले गर्दा गैर–सञ्चल कर्जा अनुपात घटेर ३ दशमलब २६ प्रतिशतमा झरेको छ। अघिल्लो बर्ष बैंकको खराव कर्जा ३ दशमलब ९१ प्रतिशत थियो।
बैंकले स्ट्यानटडर्ड चार्टड बैंकलाई बेचेको ८ अर्बको कृषि कर्जा घटाएपछि पनि बैंकको लाभांश क्षमता अहिलेसम्मकै बढी देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ