काठमाडौं । गत आर्थिक वर्षमा एभरेष्ट बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ । निष्क्रिय कर्जा घट्नु, कर्जा नोक्सानी व्यवस्था कम हुनु र खुद ब्याज तथा फि–कमिसन आम्दानी बढ्नुका कारण बैंकले आर्थिक वर्ष २०८१ ८२ मा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको ३ अर्ब ७० करोड ३२ लाखको तुलनामा ३२.८१ प्रतिशत वृद्धि हो।
व्यवसाय विस्तारसँगै कर्जा लगानी १९.८७ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड पुगेको छ भने निक्षेप २८.६३ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड पुगेको छ। यस अवधिमा खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोडबाट १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड पुगेको छ। फि तथा कमिसन आम्दानी १ अर्ब ५२ करोड पुग्दा नेट ट्रेडिङ आम्दानी पनि ४९ करोड ९४ लाखमा उक्लिएको छ।
निष्क्रिय कर्जा अनुपात ०।७१ प्रतिशतबाट घटेर ०।३८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष २८ करोड २४ लाख कर्जा नोक्सानी व्यवस्था छुट्याएकोमा गत वर्ष १६ करोड १७ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरिएको हो।
बैंकको सञ्चालन नाफा ५ अर्ब ६६ करोडबाट ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड पुगेको छ। प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसाबाट बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा र मूल्य–आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।
लाभांश वितरण क्षमताका आधारमा बैंकले ३८.२७ प्रतिशतसम्म लाभांश दिन सक्ने स्थिति राखेको छ। कुल पुँजीकोष अनुपात १३.२८ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १०।४२ प्रतिशत छ। सीडी रेसियो ७७.४८ प्रतिशतमा कायम छ भने आधार दर ५.३६ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया