वि.सं. २०८२ कार्तिक १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वाणिज्य बैंकहरूको नाफा ७१ अर्ब नाघ्यो, नबिल शीर्षमा, कुमारी र नेपाल बैंकको आश्चर्यजनक वृद्धि

अर्थटुडे
२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ५१ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशत (२१ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ) वृद्धि हो।

अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ४९ अर्ब ८७ करोड रुपैयाँ नाफा गरेका थिए। यस वर्ष ४ बैंकबाहेक सबैको नाफामा वृद्धि भएको देखिन्छ।

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो स्थानमा रह्यो, जसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमायो। दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (६ अर्ब ७५ करोड) र तेस्रोमा ग्लोबल आइएमई बैंक (६ अर्ब २० करोड) छन्।

यस वर्ष नाफा वृद्धिमा सबैभन्दा ठूलो उछाल कुमारी बैंक (४५ हजार ८२९% वृद्धि) र नेपाल बैंक (१३ हजार १७५% वृद्धि) ले पाएका छन्।

तर, केही बैंकहरूको नाफा घटेको छ। स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई, सिटिजन्स र एनआईसी एशिया बैंकले अघिल्लो वर्षको तुलनामा कम नाफा कमाए। विशेषगरी एनआईसी एशिया बैंकको नाफा ७६.९६% घटेर १६ करोडमा सीमित भएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ