वि.सं. २०८२ कार्तिक १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार हुमागाईलाई

अर्थटुडे
२०८२ भाद्र ५, बिहीबार

काठमाडौ । स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता यादव हुमागाईलाई प्रदान गरिने भएको छ ।

डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको सो पुरस्कार डा. पन्तको दशौं वार्षिक पुण्य स्मृति दिवश पारेर भदौ २१ गते शनिबार हुमागाईलाई प्रदान गरिने भएको हो ।

देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

पत्रकारिता मार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गरिएको हो ।

विगत पन्ध्र वर्षभन्दा लामो समय देखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार हुमागाईलाई पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँसहित सम्मान—पत्र प्रदान गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कार २०८२ भदौ २१ गते शनिबारका दिन प्रदान गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ