काठमाडौं । बीमा कम्पनीहरुको लगानीको दायरा बढेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि सरकारले जारी गर्ने ऋणपत्रमा लगानी गर्न पाउने सीमा हटाएको छ । बीमा प्राधिकरणले मंगलबार जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीका लागि ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ निर्देशिका जारी गर्दै सरकारी ऋणपत्रमा लगानी गर्न पाउने सीमा हटाएको हो । योसँगै बीमा कम्पनीहरुले ऋणपत्रमा जतिपनि लगानी गर्न पाउने भएका छन् ।
यसअघिसम्म सरकारी ऋणपत्रमा बीमकहरुले कुल लगानीको ३५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउने व्यवस्था थियो । तर निर्देशिका अनुसार जीवन बीमा कम्पनीले कम्तीमा ३५ र निर्जीवनले कम्तीमा ३० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको हो ।
सोही निर्देशन अनुसार बीमा कम्पनीहरुले शेयरमा लगानीको सीमा पनि बढाएको छ । यसैगरी जीवन बीमा तथा पुर्नबीमा कम्पनीहरुले धितोपत्र बजारमा सूचिकृत कम्पनीको साधारण तथा संस्थापक शेयरमा लगानी गर्न पाउने सीमा पनि बढाएको छ । निर्देशन अनुसार अब जीवन तथा पुर्नबीमा बीमा कम्पनीहरुले कम्पनीहरुले सूचिकृत कम्पनीको साधारण तथा संस्थापक शेयरमा कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउछन् । यसअघि कम्पनीहरुले कुल लगानीको १० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था थियो ।
यसैगरी निर्जीवन बीमा कम्पनीहरुले शेयरमा लगानी गर्न पाउने सीमा भने यथावत छ । कम्पनीहरुले कुल लगानीको १० प्रतिशतसम्म शेयमा लगानी गर्न पाउछन् ।
यसैगरी जीवन तथा पुर्नबीमा बीमा कम्पनीले शेयर लगानी गर्ने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने सीमालाई पनि हटाएर १५ प्रतिशत पु¥याइएको छ ।
यसैगरी बीमकहरुले फाइनान्स कम्पनीमा राख्न पाउने निक्षेपको सीमा पनि बढाएको छ । यसअघिसम्म जीवन र निर्जीवन तथा पुर्नबीमा कम्पनीहरुले कुल लगानीको बढीमा ५ प्रतिशतसम्म मात्र फाइनान्समा निक्षेप राख्न पाउने व्यवस्था रहेकामा बृद्धि गरी ७ प्रतिशत पुर्याइएको छ ।
प्रतिक्रिया