काठमाडौं । काभ्रेको धुलिखेल माउन्ट रिसोर्ट टिवीआई ग्रुप अन्तर्गत बीबी होटल्सको स्वामित्वमा सञ्चालन भएको छ । ३३ बर्ष पुरानो धुलिखेल माउन्टेन रिसोर्टको पूर्ण स्वामित्व ग्रहण गर्दै टिवीआई ग्रुपले नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको हो । शुक्रबार उद्योगमन्त्री महेश बस्नेत र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व्य परिषदका उपाध्यक्ष भवन भट्टले संयुक्त रुपमा यस रिसोर्टको नयाँ लोगो अनाबरण गरे ।
टीबीआई गु्रपको नेपालमा होटल उद्योगमा यो पहिलो ठूलो लगानी हो । सो ग्रुपले जापानमा रेष्टुरेन्ट होटल तथा युरोपमा पनि होटल सञ्चालन गरिरहेको छ । सो रिसोर्ट २० एकड जमिनमा फैलिएको छ । धुलिखेल माउन्टेन रिसोर्टलाई भविष्यमा नेपालकै नम्बर एक रिसोर्ट बनाउने उद्देश्य रहेको भट्टले बताए ।
टिबिआईले नेपालमा युनाइटेड ब्रुअरीज्, कारोबार आर्थिक दैनिक, बिबी एयरवेज, बिबी होलिडेज, लिबर्टी कलेजलगायत व्यवसाय सञ्चालन गरिरहेको जानकारी दिइएको छ। यो ग्रुपले नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडमा पनि लगानी गरेको छ।
काठमाडौंको ट्रान्कुलिटी स्पासँग सहकार्य गरेर अघि बढ्ने तथा ग्राहकको मनोरञ्जनका लागि एड्भेन्चर स्पोर्टस् पनि राख्ने तयारी भइरहेको भईरहेको पनि भट्टले बताए । पर्यटकलाई हिमाल अवलोकनका लागि सहज बनाउने उद्दश्यले बाइनाकुलरको व्यवस्था समेत गरिने भएको छ । रिसोर्टमा ४२ वटा शयनकक्ष तथा सभारसेमिनारका लागि अलगअलग क्षमताका प्रविधियुक्त तीनवटा हल छन् ।
प्रतिक्रिया