काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो पहिलो व्यावसायिक उडान भारतको राजधानी नयाँ दिल्लीमा फागुन १३ देखि शुरु गर्ने भएको छ ।
केही दिनअघि भित्र्याइएको राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले नयाँ दिल्लीमा उडान पुनः शुरू गर्न लागेको हो । निगमका प्रवक्ता रामहरि शर्माले पहिलो व्यापारिक उडान नयाँ दिल्ली गरिने र अन्य गन्तव्य मुलुकको पहिचान गरी क्रमशः विस्तार गर्दै लगिने जानकारी दिए।
उनका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि रू. सात हजार १ सय र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । गत माघ ८ गते निगमले एयरबस ‘ए ३२०–२००’ जहाज नेपाल भित्र्याएको थियो ।
फागुन १३ गतेदेखि नेवानीको ‘सगरमाथा’ नयाँ दिल्ली
२०७१ फाल्गुन ६, बुधबार
प्रतिक्रिया