काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालले झन्डै साढे १० अर्ब रुपैयाँ बैंक खातामा राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कीनकी सो रकम ग्यास उद्योगीले उपभोक्तासँग सिलिन्डर धरौटीका नाममा उठाएको रकम हो ।
ग्याँस विक्रेता महासंघले विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ग्यास उद्योगीले उपभोक्ताबाट सिलिन्डर धरौटीका नाममा उठाएको रकम आफुखुशी प्रयोग गरेको भन्दै तत्काल साढे १० अर्ब बैंक तथा वित्तिय संस्थामा राखेर उपभोक्ताले चाहेको बेला दिने व्यवस्था गर्न माग गरेको हो ।
आयल निगमले ग्यास बिक्री वितरण सुरु हुँदा सिलिण्डर धरौटीको रुपमा राख्नुपर्ने र त्यो रकम बैंक तथा वित्तिय संस्थामा राख्नुपर्ने प्रावधान बनाएको थियो । यही प्रावधान अनुसार नेपालको पहिलो ग्यास उद्योग नेपाल ग्यासले उपभोक्ताबाट उठाएको रकम बैंकमै बचत गरेर राखेको थियो ।
तर अहिले ग्यास उद्योगीले उपभोक्ताबाट उठाएको रकम आफुखुशी प्रयोग गरिरहेका छन् । उपभोक्ताले कुनै ग्यास फिर्ता लिन गएमा धरौटी रकम पाउने व्यवस्था छैन । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास उद्योगीले उपभोक्ताको रकम व्यवसाय विस्तारमा प्रयोग गरिरहेको बताए ।
महासंघले देशभरी रहेको ७० लाख सिलिण्डरलाई १५ सयका आधारमा साढे १० अर्ब रुपैयाँ तत्कालै सुरक्षित गर्न माग गरेको हो । तर ग्यास उद्योगीले एक सिलिण्डरको १९ सय रुपैयाँदेखि माथि लिदै आएका छन् ।
उनले धरौटी फिर्ता दिने व्यवस्था नहुँदा मापदण्ड पूरा नगरी संचालनमा रहेका उद्योगका ग्यास चलाउन उपभोक्ता बाध्य भएको आरोप लगाए । अर्यालले दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले उपभोक्ताको धरौटी फिर्ता दिने व्यवस्था कार्यान्वयन गराउने उपयुक्त अवसर रहेको बताए ।
ग्यास विक्रेता महासंघद्धारा झण्डै १० अर्व रुपैयाँ बैंक खातामा राख्न सरकारसँग माग
२०७३ श्रावण २७, बिहीबार

प्रतिक्रिया