काठमाडौं । गतवर्ष देशको आर्थिक बृछि ०.८ प्रतिशत रहेको छ । अधिल्लो वर्ष आर्थिक बृद्धि २.३ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷७३ मा महंगी झण्डै १० प्रतिशत रहेको छ । । अघिल्लो आर्थिक वर्षमा महंगीलाई ७.२ प्रतिशत राख्न राष्ट्र बैंक सफल भएको थियो । राष्ट्र बैंकले यस्तो तथ्यांक प्रकाशित गरेपनि बजारमा महंगी भने २० प्रतिशत भन्दा माथि रहेको अर्थविद्हरुको दावी रहेको छ । यस्तै आर्थिक वर्ष २०७२÷७३ मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रकममा ७७.५ प्रतिशतले ह्रास आउनुका साथै वैदेशिक लगानीका परियोजनाको संख्यामा पनि ७.३ प्रतिशतले कमी आएको छ ।
गत वर्षमा उद्योग विभागले १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३४१ वटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको छ । विभागले अघिल्लो वर्ष ६७ अर्ब ४२ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३६८ वटा परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षमा सेवा सम्बन्धी परियोजनाको संख्यामा वृद्धि भएको छ भने उत्पादन, पर्यटन र उर्जा सम्बन्धी परियोजनाहरुको संख्यामा कमी आएको छ ।
गत वर्ष व्यापार घाटा २ प्रतिशतले बढी ७०३ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा १०.८ प्रतिशतले बढेको थियो । गत वर्ष निर्यातको आकारको तुलनामा आयातको आकार करिब ११ गुणा ठूलो रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै गतवर्ष विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भएर ६६५ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १३.६ प्रतिशतले वृद्धि भएको थियो । त्यस्त्ै चालू खाता बचतका साथै पुँजी आप्रवाह बढेको कारण गत वर्ष १९१ अर्ब २४ करोडले शोधनान्तर बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
गतवर्ष आर्थिक बृद्धि ०.८ प्रतिशत मात्र, महगीं दोहोरो अंकमा
२०७३ भाद्र १०, शुक्रबार

प्रतिक्रिया