वि.सं. २०८२ कार्तिक १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनामा पाँच बाणिज्य बैंकले ३ करोड ३३ लाख कर्जा प्रबाह गर्ने

अर्थटुडे
२०७३ भाद्र २३, बिहीबार

काठमाडौं । सोलुखुम्बु र रामेछाप जिल्लाको लिखु खोलामा निर्माण हुन लागेको २४.२ मेगावाटको लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनाको लागि पाँचवटा बैंकहरुले कर्जा दिने भएका छन् । विहिबार ति पाँचवटा बैंकहरुले कर्जा सुविधा सम्झौतामा हस्ताक्षर गरे ।

नुम्बुर हिमालय हाइड्रोपावर प्रा.लिले निर्माण गर्न लागेको सो आयोजनामा विभिन्न पाँच बाणिज्य बैंकहरुको ३ अर्व ३३ करोड ४० लाख रुपैयाँ कर्जा लगानी हुने छ ।
सो रकममध्ये लक्ष्मी बैंकले ९६ करोड ७० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८७ करोड रुपैयाँ, सेन्चुरी कमर्शियल बैंकले ७२ करोड ४० लाख रुपैयाँ, सिटिजन बैंक इन्टरनेशनलले ४८ करोड ३० लाख रुपैयाँ र बैंक अफ काठमाण्डौ लुम्बिनीले २९ करोड रुपैयाँ कर्जा दिने सम्झौता गरेका छन् ।

पाँचवटा वाणिज्य बैंकहरुले सो कर्जा सहवित्तीयरकण अन्तर्गत लगानी गर्ने गरी कर्जा दिएका हुन् । सो आयोजनाको निर्माण लागत जम्मा ४ अर्ब ४४ करोड रहेको छ ।

नुम्बुर हिमालय हाइड्रोपावर प्रा. लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७१ साल फाल्गुण २२ गते भएको थियो भने आयोजना निर्माणको लागि उर्जा मन्त्रालयले २०७२ कार्तिक १६ मा विद्युत उत्पादन अनुमति दिएको थियो ।
नुम्बुर हिमालय हाइड्रोपावर प्रा.लिलाई एम भि दुगड ग्रुपले प्रबद्र्धन गरेको छ । बैंकहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.३ अर्ब ३३ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापकहरुले लगानी गर्नेछन् ।

उत्पादन क्षमता २४.२ मेगावाट रहेको नुम्बुर हिमालय हाइड्रोपावर प्रा. लि. ले १३५.६८ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।
यो आयोजना जुलाई २०२० मा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुने कम्पनीको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ