काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले अनुगमन गर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुमा कुन दिन कहाँ अनुगमनमा जाने भन्ने माथि तालिका बनाएरै अनुगमनमा जाने बताए ।
प्रधानमन्त्री दाहालले अन्यमन्त्रीहरुलाई पनि निर्देशन दिदै भने —“विकास आयोजनाहरु समयमा नै सम्पन्न गर्नका लागि आफ्नो मातहतका आयोजनाहरुको पनि निरिक्षण र अनुगमन गर्नुहोस् ।” त्यस्तै प्रधानमन्त्री प्रचण्डले विकास आयोजनामा रकमको अभाव हुने तर पुँजीगत खर्च नहुने समस्या अहिले विद्यमान रहेको छ सो समस्या समाधानको लागि दण्ड र पुरस्कारको प्रावधान रहेको पनि स्पस्ट पारे ।
उनले पुँजीगत खर्च ८० प्रतिशत पुरयाउनुपर्ने भन्दै राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरबाही तथा ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने प्रावधान आवश्यक रहेको पनि बताए । प्रधानमन्त्रीले संघीय ढाँचाअनुसार विकासका आयोजना छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि निर्देशन दिएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन प्रधानमन्त्री आफैले गर्ने
२०७३ भाद्र २७, सोमबार

प्रतिक्रिया