वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसीले खोल्यो भैरहवाको युनिभर्सल कजेल परिसरमा एक्सटेन्सन काउन्ट

अर्थटुडे
२०७३ भाद्र २७, सोमबार

काठमडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले भैरहवाको पक्लिहवा रुपन्देहीमा रहेको युनिभर्सल मेडिकल कलेजको परिसरमा एक्स्टेन्सन काउन्टर संचालन गरेको छ । सोमबारदेखि नै सत्तचालन हुने गरी बैंकले आइतबार उद्घाटन गरेको जनाएको छ ।

एक्स्टेन्सन काउन्टरको उद्घाटन बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौला तथा कलेजका अध्यक्ष रमेश शर्माले गरेका हुन् ।
काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी तथा विपे्रषण सेवा उपलब्ध गराइनेछ । काउन्टरबाट कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारीहरु तथा पक्लिहवा क्षेत्रका सर्वसाधरणहरु प्रत्यक्ष लाभन्वित हुनेछन् ।

बैंकले २०७३ असार मसान्त सम्ममा ३० अर्ब ३६ करोड निक्षेप संकलन गरेको छ भने २४ अर्ब ८९ करोड कर्जा प्रवाह गरी ७० करोड ३० रुपैयाँ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पंूजी पु¥याउन ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसँग मर्जर प्रक्रियाको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । मर्जर प्रक्रिया सम्पन्न भए पश्चात एनसीसी बैंकको शाखा ९६ वटा पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ