वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी २५ प्रतिशत हकप्रद सेयर जारी गर्दै सिटिजन्स बैंक, बोनस सेयरका लागि राष्ट्र बैंकले दियो स्वीकृती

अर्थटुडे
२०७३ भाद्र २७, सोमबार

काठमाडौं । केही समय अघिमात्र ५५ प्रतिशत हकप्रद सेयर जारी गरेको सिटिजन्स बैंक इन्टरनेशनले थप २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । थप २५ प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि र्बैंकले असोज १६ गते हुने बैंकको साधारणसभामा प्रस्ताव लैजाने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने —‘साधारण सभावाट पास गराएर स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँछौं,’ ‘राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैशाखसम्ममा जारी गर्ने छौं ।’
यसैगरी सिटिजन्स बैंकले आफ्ना सेयर धनीलाई दिन लागेको बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयर धनीलाई ७५ करोड ६ लाख ७५ हजार रूपैयाँको बोनस सेयर दिने घोषणा गरेको थियो ।
आगामी दिनमा वस्ने साधारण सभाले पारितगरेसँगै बैंकले लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
५५ प्रतिशत हकप्रद जारीसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ । बोनस सेयर वितरण सँगै बैंकको चुक्ता ५ अर्ब ५२ करोड रुपैयाँ पुग्ने छ । साथै बैंकले त्यसबाट २५ प्रतिशत हकप्रद दिन लागेको हो । नेपाल राष्ट्र बैंकले ल्याएको चुक्ता पूँजी बृद्धि योजना सँगै बैंकले हकप्रद र बोनसबाट आफ्नो पूँजी बृद्धि गर्दै आएको छ ।
बोनस सेयरपछिको चुक्तापूँजीबाट २५ प्रतिशत हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी करिब ७ अर्ब पुग्नेछ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत २०७४ सम्म वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब पुर्याउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ