काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्र नेपालीको हातमा ल्याउका लागि कडा मिहिनेत गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १७औं वार्षिक साधारण सभामा बोल्दै नेपालको अर्थतन्त्रको साँचो अन्यत्रै भएकोले नेपालीको हातमा ल्याउन कठिन भएको बताएका हुन् ।
पत्रकारहरुलाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धी अर्थतन्त्रका लागि माओवादी केन्द्रले लडाइ गरेको बताउँदै अर्थमन्त्री महराले अर्थतन्त्र अहिले कसको हातमा छ भन्नेवारेमा भने बोलेनन् । पहिलो राज्यको नीति बनाउनुपर्ने र सोही नीतिका आधारमा निजीक्षेत्रलाई प्रेरित गरिने बताए । उनले निजीक्षेत्र भनेर सबै लगानीलाई स्वीकार गर्न नसकिने पनि उनले स्पष्ट पारे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले पत्रकारित आफैमा सम्मानजन पेशा भएकोले यसको महत्वलाई घट्न नदिन आर्थिक पत्रकारहरुसँग आ्रह गरे ।
उनले समग्र देशको अर्थतन्त्रलाई वलियो पार्नमा पत्रकारहरुको प्रमूख भुमिका रहेको बताउँदै आर्थिक पत्रकारहरुले समाचार लेख्दा विचार पुर्याउनुपर्नेमा पनि जोड दिए ।
अर्थमन्त्री महाराले भने –नेपालको अर्थतन्त्र नेपालीको हातमा छैन
२०७३ भाद्र ३१, शुक्रबार

प्रतिक्रिया