काठमाडौं । यातायात व्यवस्था विभागले वितरण गर्ने ट्याक्सी नम्वर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले दिन लागेको नम्वरप्लेट निष्पक्षता कायम राख्नका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।
निष्पक्षता कायम गर्नका लागि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोला प्रथाबाट छनोट गर्न लागेको हो । एक महिनाको अवधिमा झन्डै डेढ लाख प्रभावितले ट्याक्सीको फारम भरेका थिए । तीमध्ये एक हजार ५०० ले मात्रै गोला प्रथाबाट नयाँ ट्याक्सीको नम्बर पाउनेछन् । धेरै प्रभावितले निष्पक्षताका विषयमा शङ्का गर्दै आएकाले पनि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्नु परेको हो ।
नयाँ ट्याक्सीको नम्बरका विषयमा मात्रै निर्णय भएको छ । ट्याक्सी किन्दा सहुलियत दिने विषयमा भने कुनै निर्णय नभएको विभागले जनाएको छ ।
भूकम्प प्रभावितलाई राहत दिने उद्देश्यले मन्त्रालयस्तरीय निर्णयका आधारमा यातायात व्यवस्था विभागको वाग्मती अञ्चल कार्यालयले नयाँ ट्याक्सी नम्बर वितरण गर्न लागेको हो ।
भुकम्प पिडितलाई ट्याक्सी वितरण गर्दा टेलिभिजनबाट प्रत्यक्ष प्रसार गरिने
२०७३ आश्विन ३, सोमबार

प्रतिक्रिया