वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा मोवाइल सेटहरु भित्रने क्रम १८४ प्रतिशतले बृद्धि

अर्थटुडे
२०७३ आश्विन ४, मंगलवार

काठमाडौं । पछिल्लो समयमा नेपालमा मोवाइल सेटहरु अत्यधिक रुपमा भित्रिएका छन् । पछिल्लो तीन वर्षयता नेपालमा मोवाइल सेटहरु भित्रने संख्या १८३.७३ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार बराबरको मोवाइल सेट भित्रिएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत वर्षमा ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट नेपाल भित्रिएका थिए । आर्थिक वर्ष २०७०÷७१ मा जम्मा ९ अर्ब ९० करोड ५४ लाख ४ सय ५६ रुपैंयाँ मुल्यका ३१ लाख २२ हजार ४ सेट मोबाइल नेपाल भित्रिएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७१÷७२ मा १३ अर्ब ४ करोड ४० हजार २ रुपैंयाँ मुल्यका ३८ लाख ९१ हजार ६ सय २० वटा मोबाइल आयात गरिएका थिए ।
नेपाल दुर सञ्चार प्राधिकरणले गत जेठ मसान्तसम्ममा दुई करोड ९४ लाख ८९ हजार ७ वटा मोबाइलका सिम सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ