वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुल्यबृद्धि घट्यो, व्यपार घाटा बढ्यो भूकम्प पिडितको नाममा ७ करोड ९० लाख मात्र कर्जा प्रबाह

अर्थटुडे
२०७३ आश्विन ६, बिहीबार

काठमाडौं । गत वर्ष दोहोरो अंकमा रहेको मुल्यबृद्धि चालु आर्थिक वर्षको पहिलो महिनामा ८.६ प्रतिशतमा रहेको छ । गत वर्षको पहिलो महिनामा मुल्यबृद्धि ६.९ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तिय विवरण अनुसार व्यापार घाटा १३.६ प्रतिशतले ६३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ८.७ प्रतिशतले मात्र बढेको थियो ।

निर्यातमा कमी र आयातमा बृद्धि हुदा व्यापारघाटामा बृद्धि भएको हो । यस वर्षको पहिलो महिनामा निर्यात ७.७ प्रतिशतले वृद्धि भई ६ अर्ब ९६ करोड पुगेको छ । भने आयात १३ प्रतिशतले बढेर ७० अर्ब ७२ करोड पुगेको छ ।

अघिल्लो वर्षमा आयात ७.२ प्रतिशतले वृद्धि भएको थियो भने निर्यातमा
३.९ प्रतिशतले ह्रास आएको थियो । यस वर्ष भारततर्फ ०.८ प्रतिशत, चीनतर्फ ५८.५ प्रतिशत र अन्य मुलुकतर्फ १६.१ प्रतिशतले निर्यात बढेको छ । आयाततर्फ भारतबाट भएको आयात ९.५ प्रतिशत, चीनबाट भएको आयात १०.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.२ प्रतिशतले बढेको छ ।

नेपालबाट जुस, आयुर्वेदिक औषधि, रोजिन, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने लत्ताकपडा, पोलिष्टर धागो, दाल, जि.आई. पाईप लगायतका वस्तुहरुको निर्यात घटेको छ । त्यस्तैगरी आयाततर्फ साधन तथा पार्टपूर्जा, खानेतेल, दूरसञ्चारका उपकरण, विद्युतीय सामान, एम.एस विलेट लगायतका वस्तुको आयात बढेको छ भने कोल्डरोल सिट ईन क्वाइल, हटरोल सिट ईन क्वाइल, एम.एस वायर, चाँदी, कच्चा सोयाविन तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।
शोधनान्तर स्थितिपनि घाटामा रहेको छ । शोधनान्तर स्थिति आर्थिक वर्षको पहिलो महिनामा नै दुई अर्व ११ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो स्थिति झण्डै ५ अर्व बचतमा थियो ।

यसैगरी विप्रेषण आप्रवाहमा आप्रवाह २.५ प्रतिशतले घटी ५१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २६.३ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, भूकम्प पीडितहरूलाई राहत प्रदान गर्न यस बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ साउन मसान्तसम्म रुपैयाँ ७ करोड ९० लाख कर्जा प्रवाह भएको छ ।
वाणिज्य बैंकहरूले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १६.५२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ