काठमाडौं । महुली सामुदायिक लघुवित्तले एक लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनका लागि लघुवित्तले एनसिएम मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरी तथा एनसिएमका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । संस्थाले केही समयमा नै साधारण शेयर निष्काशन गर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत लिएको माहुलीले २०७० जेठ ३० गतेबाट कारोवार संचालन गर्दै आएको छ । संस्थाले सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लामा २८ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
संस्थाले अहिलेसम्म ९६ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने सदस्यसँग ४९ करोड ४१ लाख रुपैयाँ बचत गरेको छ। यो संस्थामा ५४ हजार सेवाग्राही छन् ।
प्रतिक्रिया